अन्तराष्ट्रिय समाचार

कोभिड खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा

२४ माघ २०७८, सोमबार ०६:०७

कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् । सुरुमा ट्रक चालकहरुले थालेको आन्दोलनमा अन्य व्यक्तिहरुले पनि साथ दिएपछि क्यानडाको राजधानी..

चर्चित गायिका मङ्गेशकरको निधन, भारतमा दुई दिने राष्ट्रिय शोकको घोषणा

२३ माघ २०७८, आईतवार १३:५०

भारतीय चर्चित गायिका लता मङ्गेशकरको निधन भएको छ । स्वर कोकिला भनेर चिनिने उहाँको ९२ वर्षको उमेरमा बिहान निधन भएको हो। कोरोना भाइरसको सङ्क्रमण भएपछि यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्नाभएका मङ्गेशकरको आईसीयूमा उपचार भइरहेको थियो । केही समययता उहाँको शरीरका धेरै अङ्गले काम गर्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उहाँको निधनमा..

नेटोको विस्तारमा चीनको पनि विरोध

२२ माघ २०७८, शनिबार ०४:५५

चीनले पनि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) विस्तारको विरोध गरेको छ । नेटोबारे यसअघि कुनै प्रतिक्रिया नदिएको चीनले नेटोको विस्तारबारे विरोध गरेको बीबीसीले जनाएको छ । हिउँदे ओलम्पिक्सकाे उद्घाटन समारोहमा सहभागी हुन चीन पुग्नुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङ बीच भएको भेटपछि निकालेको संयुक्त..

अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने

२० माघ २०७८, बिहीबार ०६:२०

अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्ता युरोपमा थप दुई हजार सेना पठाउने तयारी गरेको पेन्टागनले जनाएको छ । उनीहरुलाई पोल्यान्ड र जर्मनीमा पठाइनेछ भने अहिले जर्मनीमा रहेका एक हजार सैनिक रोमानियामा खटिनेछन् । अमेरिकाको यो निर्णयलाई रुसले ‘विनासकारी कदम’ को संज्ञा दिएको बीबीसीले..

विश्वभर कोरोना निको हुनेको सङ्ख्या ३० करोड ।।

१९ माघ २०७८, बुधबार ०५:२९

विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ३० करोड नाघेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २७ लाख ४ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या ३० करोड १५ लाख नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ । यस्तै २८ लाख ६३ हजार नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पनि..

अहिलेसम्मकै धेरै क्षेत्रफलमा फैलिएको चट्याङ्ग र समयावधिको रेकर्ड सार्वजनिक

१८ माघ २०७८, मंगलवार ०८:४०

अमेरिकामा दुई वर्षअघिको चट्याङ्गले अहिलेसम्मकै धेरै क्षेत्रफलमा फैलिएको चट्याङ्गको रेकर्ड बनाएको छ । सन् २०२० को अप्रिल २० तारिखमा अमेरिकामा परेको चट्याङ्ग आकासमा सात सय ७० किलोमिटरसम्म फैलिएको र यो नयाँ विश्व कीर्तिमान भएको संयुक्त राष्ट्र सङ्घको विश्व मौसम सङ्गठनलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । यो चट्याङ्ग..

रुस र युक्रेन तनाव : साढे आठ हजार अमेरिकी सेना उच्च सतर्क अवस्थामा

११ माघ २०७८, मंगलवार ०७:५९

रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ताका बीच अमेरिकाले झण्डै साढे आठ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको छ । रुसका सेनाले युक्रेनलाई घेरामा राखेको र जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले साढे आठ हजार अमेरिकी सेनालाई छाेटो सूचनामा जहाँ पनि जान सक्ने गरी उच्च सतर्क अवस्थामा राखेका अमेरिकाको राष्ट्रपति भवन पेन्टागनका प्रवक्ता..

रुस र युक्रेनबीच तनावः नेटो सेनाले सीमा क्षेत्रमा खटायो साढे ८ हजार सेना

११ माघ २०७८, मंगलवार ०४:१८

रुस र युक्रेनबीच तनावका बीच नेटो सेनाले आफ्नो सेना पूर्वी युरोपको सीमामा तैनात गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेन तनावलाई मध्यनजर गरी करिब ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ ।रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको अमेरिकासहितका पश्चिमा राष्ट्रको आरोप छ । युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख..

बेलायतमा जनजीवन पुरानै लयमा फर्किँदै, भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्दै

९ माघ २०७८, आईतवार ०५:२२

बेलायतले कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएसँगै लगाइएको नयाँ प्रतिबन्धहरु फुकुवा गर्न थालेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सङ्क्रमण फैलिएपछि रोकथामका लागि भन्दै लागू गरिएको ‘प्लान बी’ अन्तर्गतका नियम तथा प्रतिबन्ध हटाउने घोषणा गरेसँगै त्यहाँको जनजीवन पुरानै अवस्थामा फर्किन लागेको छ । बेलायतमा अब मास्कलाई अनिवार्य..

अफ्रिकी देश घानामा शक्तिशाली विस्फाेट

७ माघ २०७८, शुक्रबार ०६:५६

अफ्रिकी देश घानामा शक्तिशाली विस्फाेट भएको र विस्फाेटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ । अहिलेसम्म १७ जनाको शव भेटिएको त्यहाँका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तर, प्रहरीले ज्यान गुमाएकाहरुको बारेमा औपचारिक जानकारी गराइसकेको छैन । घानाको एपीएटमा भएको शक्तिशाली विस्फोटमा परेर ५९ जना घाइते भएका छन् । प्रहरीका..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved