सङ्खुवासभामा एउटा परिवारको सामूहिक हत्या भएको घटनामा प्रहरीको अनुसन्धान सुरु

प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलवार ०३:४५

सङ्खुवासभामा एउटा परिवारको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । हिजोबिहान सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ५२ वर्षका तेजबहादुर कार्कीसहित उहाँको परिवारका ६ जनाको हत्या गरिएको थियो । यसबारेमा अनुसन्धानका लागि गएराति अबेर घटनास्थल पुगेको२५ जनाको प्रहरी टोलीले कुकुरको प्रयोग गरेर आजदेखि थप अनुसन्धान सुरुगरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो ।उहाँका अनुसार शव र घटनास्थल जाँचलगायतका काम पनि गरिनेछ । स्थानीयले हिजो दिउँसो कार्कीसहित उहाँका आमा पार्वती, श्रीमती कमला, बुहारी रञ्जना, विपिन र गोमा कार्कीको शव घरभित्र र बाहिर देखेपछि प्रहरीलाई खबर गरेका थिए । जीवित रहेका ८५ वर्षका एक सदस्य राम्रोसँग कान नसुन्ने र बोली प्रष्ट नभएकाले परिवारको हत्या किन र के कारणले भयो भन्ने पूरै खुल्न सकेको छैन । तेज बहादुरका १० जना परिवार मध्ये जेठो छोरा रमेश मलेसिया र कान्छो छोरा नरेश वैदेशिक रोजगारीका लागि दुवईमा हुनुहुन्छ ।

(Visited 69 times, 1 visits today)

२२ भाद्र २०७८, मंगलवार ०३:४५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....