छलफल सकेर एमसीसीको टोली आज राति फर्कँदै

प्रकाशित मिति: २७ भाद्र २०७८, आईतवार ०४:१३

अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को टोलीले एमसीसी परियोजनाको बारेमा शीर्ष तहको छलफल सकेको छ ।छलफल र संवाद सकेर एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली आज राति साढे ८ बजे फर्कँदैछ । तीन दिनको यसबीचको समयमा प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका शीर्ष नेतासँग भेटेर एमसीसीका उपाध्यक्ष सुमारको टोलीले एमसिसी परियोजनालाई चाँडै अनुमोदन गर्न वा अस्वीकार गर्न आग्रह गरेको नेताहरूले बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा भने सत्ताधारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गरेर मात्रै एमसीसीको बारेमा निर्णय गर्ने निचोडमा पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । उपाध्यक्ष सुमारसहितको टोलीले हिजो अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर यस बारेमा छिटो टुङ्गो लगाउन अनुरोध गरेको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले एससीसीबारे राजनीतिक स्तरमा छलफल भइरहेको जानकारी गराउनुभएको थियो

(Visited 5 times, 1 visits today)

२७ भाद्र २०७८, आईतवार ०४:१३ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....