मनसुन निस्क्रिय बन्दै

प्रकाशित मिति: ३ आश्विन २०७८, आईतवार ०४:५७

मनसुन निस्क्रिय बन्दै गएको छ । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नभए पनि आउने तीन,चार दिनसम्म घाम लाग्ने र केही ठाउँमा मात्रै सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

भारतबाट मनसुनी चक्र बाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने भएकाले मनसुनी प्रणाली बाहिरिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा ठूलो वर्षा भए पनि धेरै ठाउँमा हल्कादेखि सामान्य खालको वर्षा हुनेछ ।

यस्तै, यसपालिदेखि मनसुनी अवधिको समय परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो। तर, यसपालि यसलाई परिमार्जन गरेर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको छ ।

(Visited 13 times, 1 visits today)

३ आश्विन २०७८, आईतवार ०४:५७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....