आज बजेट पारित गर्ने तयारी, एमालेले संसद्को अवरोध कायमै

प्रकाशित मिति: ४ आश्विन २०७८, सोमबार ०३:२२

सत्तापक्षले प्रतिनिधिसभाको आजको बैठकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीसमेत बजेट पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक विधेयक, २०७८ माथि दफावार छलफलको लागि दिन तोक्ने र अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने पनि सम्भावित सूचीमा छ ।सांसद प्रेम सुवालले विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालय, कार्यालय एवम् सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस भनी खर्च कटौतीका प्रस्ताव पेश गर्ने, विनियोजन विधेयक २०७८ अन्तर्गत छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने, विनियोजन विधेयक २०७८ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । तर नेकपा एमालेले आफ्नो पार्टीका १४ सांसदलाई पदमुक्त गरेको सूचना सार्वजनिक गर्नुपर्ने माग राख्दै संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ । आजको बैठकमा पनि आफूहरूको विरोध कायमै रहने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो । काँग्रेससचेतक पुष्पा भुसालले भने बजेट पास गर्नुपर्ने प्रमुख प्रतिपक्षी दलको पनि कर्तव्य भएकाले सकेसम्म सहमतिमै बजेट पारित गरिने बताउनुभयो ।

(Visited 18 times, 1 visits today)

४ आश्विन २०७८, सोमबार ०३:२२ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....