चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरू हुँदै

प्रकाशित मिति: १० आश्विन २०७८, आईतवार ०३:४३

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरू हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र चितवनबीचको खेल बिहान ९ ः ३० मा सुरु हुनेछ । करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर सुखद सुरुवातको योजनामा हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन समेत विजयी सुरुवात गर्न चाहन्छ । यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र पोखराबीचको खेल दिउँसो १ ः ३० मा सुरु हुनेछ । भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ भने चितवन विनोद भण्डारीको कप्तानीमा मैदान उत्रने छ । यसअघि हिजो भएको खेलमा काठमाडौं किङ्स–११ ले विजयी सुरुवात गरिसकेको छ । हिजोको उद्घाटन खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो । यस पटकको ईपीएलमा विदेशी खेलाडीहरूको सहभागिता रहेकाले लिगप्रति दर्शकको आकर्षण बढाएको छ ।

(Visited 80 times, 1 visits today)

१० आश्विन २०७८, आईतवार ०३:४३ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....