इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्ज बेङ्ग्लोर ५४ रनले विजयी

प्रकाशित मिति: ११ आश्विन २०७८, सोमबार ०३:२८

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्ज बेङ्ग्लोर ५४ रनले विजयी भएको छ ।

गएराति दुबईमा भएको खेलमा बेङ्ग्लोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो । बेङ्ग्लोरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन बनाए । यस्तै, क्विन्टन डी ककले २४ रन बनाउनु बाहेक अरुले दोहोर अङ्क जोड्न सकेनन् । बेङ्ग्लोरका हर्सल पटेलले ४ विकेट लिए भने युजभेन्द्र चाहलले ३, ग्लेन म्याक्सवेलले २ र मोहम्मद सिरजले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । बेङ्ग्लोरका ग्लेन म्याक्सवेलले र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । म्याक्सवेलले ५६ रन तथा कोहलीले ५१ रनको योगदान गरे ।

यस्तै, श्रीकर भारतले ३२ र एबी डी भिलियर्सले ११ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । जितसँगै बेङ्ग्लोरले १० खेलमा १२ अङ्क जोडेको छ । बेङ्ग्लोर तेस्रो स्थानमा छ । मुम्बई ८ अङ्क जोडेर सातौँ स्थानमा छ ।

(Visited 16 times, 1 visits today)

११ आश्विन २०७८, सोमबार ०३:२८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....