सकेसम्म आजै मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी

प्रकाशित मिति: १३ आश्विन २०७८, बुधबार ०३:२३

राजनितिक दल विभाजन सम्बन्धि अध्यादेश खारेज भएँंगै प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीपरिषद् बिस्तारको तयारीमा लाग्नुभएको छ । सत्ताधारी दलका बीचमा सकेसम्म आजै नभए भोलिसम्म सरकार बिस्तार गरिसक्ने बारेमा सहमति भएको छ । आजै मन्त्रीपरीषद् बिस्तार भए दिउँसो ३ बजे देखि बेलुका ८ बजेसम्म हुने नेकपा एसका नेता मेटमणी चौधरीले सीआईएनलाई जानकारी दिनुभयो । हालसम्म कुन कुन दलले कति मन्त्रालय पाउने टुङ्गो लागिसकेको भएपनि कुन–कुन मन्त्रालय पाउने भन्ने बारेमा भने सहमति भईसकेको छैन । सरकारलाई पूर्णता दिन नेकपा एकिकृत समाजवादी पार्टीबाट ६, माओवादीबाट थप ४, जसपाबाट ६ र काँग्रेसबाट दुई देखि तीन जना थप्ने तयारी भएको छ । सरकार विस्तारका विषयमा आज बैठक बसेर निर्णय गर्ने सत्तारुढ दलले तयारी थालेका छन् । तर जसपाका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर भएकाले आजै मन्त्रीपरीषद् बिस्तार हुने सम्भावना कम रहेको नेकपा एसका नेता विरोध खतिवडाले सीआइएनसँग बताउनुभयो ।

(Visited 12 times, 1 visits today)

१३ आश्विन २०७८, बुधबार ०३:२३ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....