सरकारले आज सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवहरूसँग छलफल गर्दै

प्रकाशित मिति: ९ कार्तिक २०७८, मंगलवार ०४:०९

सरकारले आज सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवहरूसँग छलफल गर्दैछ । गत हप्ता आएको बाढीले बागमती बाहेकका ६ प्रदेशमा ८ अर्ब रुपैयाँ बढीको धानबालीमा क्षति गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । यसको क्षतिपूर्ति वा राहत कसरी दिने भन्ने बारेमा आजको बैठकमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलका अनुसार प्रारम्भिक अध्ययनले बागमतीबाहेकका ६ प्रदेशमा ८ अर्ब २१ करोड बराबरको धानबालीमा क्षति गरेको देखाएको छ । १ लाख ७१ हजार ७६ क्षेत्रफलको धान खेतीमा असर गरेको तथा ७१ हजार ११ हेक्टर क्षेत्रफलको धान खेतीमा क्षति गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसारदेशभर २ लाख ६९ हजार ८४२ मेट्रिक टन धान बालीमा क्षति गरेको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशको बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा मात्रै ४ अर्व ५१ करोडको क्षति भएको छ । यस्तै गण्डकी प्रदेशमा १३ करोडको धानबालीमा क्षति गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदेशस्तरमा तथ्याङ्क सङ्कलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा एक एक वटा कार्यटोली गठन गरेको छ ।

(Visited 17 times, 1 visits today)

९ कार्तिक २०७८, मंगलवार ०४:०९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....