सत्तारुढ गठबन्धन आगामी चुनाब सम्म कायमै रहने प्रधानमन्त्री देउवाको भनाइ

प्रकाशित मिति: १८ कार्तिक २०७८, बिहीबार १२:१९

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन आगामी चुनाब सम्म कायमै रहने बताउनुभएको छ । आज बेलायतबाट फर्कने क्रममा त्रिभूवन बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै पनि समस्या नभएकाले पूरै समय रहने बताउनुभयो । गठबन्धन टुट्छ कि भनेर कुनै शंका नगर्न पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो । यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग राम्रो कुराकानी भएको बताउनुभयो । यस्तै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि फलदायी कुराकानी भएको बताउँदै मोदीले चाँडै नेपाल भ्रमण गर्ने बताउनुभयो । यस्तै प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने पनि बताउनुभयो ।

(Visited 20 times, 1 visits today)

१८ कार्तिक २०७८, बिहीबार १२:१९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....