– नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजारभन्दा तल

प्रकाशित मिति: १८ कार्तिक २०७८, बिहीबार १२:२४

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा पाँच सय १८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार आठ सय ९० मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म सात लाख ९३ हजार सात सय ८९ जना सङ्क्रमित निको भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गरिएकोमा पाँच दशमलव ५७ प्रतिशत अर्थात् तीन सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार एक सय १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार सात सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा दुई जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । याेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६४ हजार तीन सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७४ लाख ३० हजार तीन सय पाँच जनाले पूर्ण मात्रा र ८७ लाख ३५ हजार दुई सय ६४ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

(Visited 15 times, 1 visits today)

१८ कार्तिक २०७८, बिहीबार १२:२४ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....