भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणनाको लागि सबै तयारीे पूरा

प्रकाशित मिति: २४ कार्तिक २०७८, बुधबार ०३:३४

भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणना २०७८ का लागि सबै तयारीे पूरा भएको छ । जनगणनाका लागि आवश्यक सामग्रीसहित गणकलाई जिल्ला खटाइसकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार राष्ट्रिय जनगणनाको मुल गणनाका लागि ३९ हजार गणकलाई जिल्लामा खटाईएको छ । सीआईएनसँग कुरा गर्दै उहाँले भोली राष्ट्रपति विद्यादेवी भण्डारीबाट गणनाको फारम भरेर राष्ट्रिय जनगणना २०७८को सुरुवात गर्ने बताउनुभयो । राष्ट्रिय जनगणना भोलिदेखि मङ्सीर ९ गतेसम्म सञ्चालन हुनेछ । १० वर्षमा एक पटक सङ्कलन गरिने राष्ट्रिय जनगणनाका लागि घर आएका गणकलाई तथ्याङ्क उपलब्ध गराएर सहयोग गर्न विभागले आग्रह गरेको छ ।

(Visited 17 times, 1 visits today)

२४ कार्तिक २०७८, बुधबार ०३:३४ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....