म्याग्दीमा जीप दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलवार ०४:५४

म्याग्दीमा जीप दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्युहुनेहरूमा रघुगंगा गाउँपालिका–१ का चालक ३५ वर्षका दुतबहादुर थापा, २४ वर्षका खिम पुन, ५७ वर्षका खिमनाथ शर्मा र ३० वर्षका गौमाया विक रहनुभएको छ ।
विक रघुगंगा गाउँपालिका–१ बेग खोलाका वडा सदस्य हुनुहुन्थ्यो । दुर्घटनामा घाइते भएका सोही वडाका २० वर्षका भीम थगामी, ५४ वर्षका बेलबल बहादुर विक, २३ वर्षका मनोज पुनको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । अर्का घाइते ३० वर्षका ज्ञानबहादुर शेरपुञ्जाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले सीआईएनलाई जानकारी दिनुभयो । बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप हिजो साँझ करिब पाँच सडकबाट करिब तीन सयम मिटर तल खसेको थियो ।

(Visited 11 times, 1 visits today)

१४ मंसिर २०७८, मंगलवार ०४:५४ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....