ी नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत केन्द्रीय समिति सर्वसम्मत घोषणा गर्ने प्रयासमा शीर्ष नेताहरू जुटे

प्रकाशित मिति: १८ पुष २०७८, आईतवार ०४:०८

काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत केन्द्रीय समिति सर्वसम्मत घोषणा गर्ने प्रयासमा शीर्ष नेताहरू जुटेका छन् । हिजो दिनभरको प्रयास निष्कर्षमा नपुगेपछि निर्वाचन कार्यक्रम आज दिउँसोम्मका लागि स्थगित गरिएको छ । केन्द्रीय सदस्यमा सहमति गरेर आज दिउँसो बन्दसत्रमा घोषणाको तयारी भइरहेको नेता रामनारायण विडारीले जानकारी दिनुभयो । हिजो दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन तालिकासमेत प्रकाशित गरेको थियो । केन्द्रीय समितिमा सर्वसम्मत निर्णयका लागि हिजो साँझ ५ बजेसम्म बन्दसत्र स्थगित गरिएको थियो भने स्थायी समितिमा पनि छलफल भएको थियो । गएराति ८ बजे उम्मेद्वारी दर्ताको समय तोकिएपनि शीर्ष नेताहरूबीच थप छलफलका लागि भन्दै आज दिउँसो २ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूको अनुरोधमा निर्वाचन कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो । आयोगका अनुसार १ हजार ७ सय ४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशिन भइसकेको छ । हालसम्म अध्यक्ष प्रचण्डलाई चुनौती दिने गरि कुनै पनि नेताको दाबी देखिएको छैन । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठकोसम्भावना रहेको माओवादीका शीर्ष नेताहरूले बताउँदै आएका छन् । महासचिवमा जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन लगाएतले चाहना राखेका छन् । दुई उपमहासचिव, सचिव र कोषाध्यक्षमा भने विभिन्न वर्ग, क्षेत्र मिलाएर सकेसम्म सर्वसम्मत उम्मेद्वार छान्ने, नभए निर्वाचन गर्ने तयारी नेतृत्वले गरेको छ ।

(Visited 32 times, 1 visits today)

१८ पुष २०७८, आईतवार ०४:०८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....