शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज छलफल गर्ने

प्रकाशित मिति: २६ पुष २०७८, सोमबार ०५:५७

शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज छलफल गर्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । यसबारे आज निर्णय हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बिदालाई मिलान गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय हुनेछ ।

केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ । केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ । परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई पनि सिफारिस गरेको छ ।

(Visited 18 times, 1 visits today)

२६ पुष २०७८, सोमबार ०५:५७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....