कर्णाली प्रदेश : मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय पर्खिँदै

प्रकाशित मिति: २० माघ २०७८, बिहीबार ०८:४७

कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय पर्खेर बसेको छ । मन्त्रालय भागबन्डा नमिलेपछि कर्णालीको मन्त्रिपरिषद् विस्तारको विषय अहिले केन्द्रीय गठबन्धनसम्म पुगेको हो ।
मुख्यमन्त्री जीवनबहादुर शाही गएको कात्तिक १६ गते कर्णालीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । कांग्रेसको नेतृत्वमा सरकार गठन भएको तीन महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको तीन दलीय गठबन्धन सरकार छ । मन्त्रालय दाबीमा दलहरूका आ–आफ्नै अडानले मन्त्रिपरिषद् विस्तार हुन  नसकेपछि केन्द्रीय गठबन्धनलाई जिम्मा दिइएको छ । अहिले प्रदेश गठबन्धन केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूको निर्णय पर्खेर बसेका छ । अब केन्द्रको निर्णयअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताइएको छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो । उहाँले एकल निर्णयबाट मन्त्रिपरिषद् विस्तारका लागि निर्णय गर्न नसकिने हुँदा केन्द्रको समन्वयमा अब छिट्टै विस्तार गरिने बताउनुभयो ।

(Visited 21 times, 1 visits today)

२० माघ २०७८, बिहीबार ०८:४७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....