झापाको चाउचाउ उद्योगमा आगलागी, अर्ब बढीको क्षति

प्रकाशित मिति: २९ माघ २०७८, शनिबार ०७:१७

चिज बल्स र चाउचाउ उत्पादन गर्दै आएको झापाको थाई फुड्स उद्योगमा आगलागी भएको छ । जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा आज बिहान ४ बजेदेखि आगलागी भएको हो ।आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । हालसम्म आगो निभाउन १३ वटा दमकल प्रयोग गरिएको छ । ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ ।उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएको उद्योगका सञ्चालक बुद्धि प्रकाश घिमिरेले जानकारी दिए ।कारखानामा रहेका सबै कच्चा पदार्थ, ब्वाइलर, खाने तेलको ट्याङ्की लगायत सबै संरचना समेत नष्ट हुँदा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको घिमिरेले बताए ।

(Visited 20 times, 1 visits today)

२९ माघ २०७८, शनिबार ०७:१७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....