ग्यासको अभाव भएको छैन, नआत्तिन सरकारले उपभोक्तालाई आग्रह

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार ०९:२५

ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले नआत्तिन सरकारले उपभोक्तालाई आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो। ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गर्नुभयो ।

उहाँले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने पनि बताउनुभयो । कोही कसैले ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन नम्बर ११३७ मा वा ९८५११४४१८९ मा सम्पर्क गरेर जानकारी दिन पनि महानिर्देशक सुवेदीले आग्रह गर्नुभएको छ ।

ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति भैरहेकाले अभाव नहुने पनि उहाँले बताउनुभयो । बजारमा दैनिक अनुगमन भैरहेकाले कालोबजारी र कृत्रिम अभाव हुन नदिने विभागको दाबी छ । बजारको अवस्थालाई हेरेर अनुगमन अझै बढाउने सरकारको तयारी छ ।

ग्यासको आवश्यकताभन्दा बढी स्टकमा राख्दा जोखिम बढ्ने भएकाले उपभोक्तालाई सचेत रहन सरकारले आग्रह गरेको छ । लामो समयसम्म ग्यास स्टकमा राख्दा सिलिण्डर पड्कने जोखिम धेरै हुने नेपाल आयल निगमले जनाएको छ ।

(Visited 27 times, 1 visits today)

२३ फाल्गुन २०७६, शुक्रबार ०९:२५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....