शेयर बजार आज पनि घट्यो, कारोबार रकम दुई अर्ब २७ करोड रुपैयाँमा झर्‍याे

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहीबार १२:५०

शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि घटेको छ । नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार सात सय ३२ दशमलव ५२ विन्दुमा झरेको छ ।

आज व्यापार, जलविद्युत्, उत्पादन र म्युचुल फन्ड समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य ओरालो लागेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय २७ कम्पनीका ४० लाख १७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ७८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त संस्थाको २२ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको शेयर चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर झण्डै साढे ६ प्रतिशतले बढेको छ ।

(Visited 94 times, 1 visits today)

५ फाल्गुन २०७८, बिहीबार १२:५० मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....