रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी ।।

प्रकाशित मिति: ७ फाल्गुन २०७८, शनिबार ०४:१८

युक्रेन र रुसबीच युद्धको आशङ्काप्रति विश्वका शक्तिशाली मुलुकको ध्यान त्यसतर्फ केन्द्रीत भएको छ । युक्रेन सीमामा रुसले सेना तैनात गरे पछि विश्वका शक्तिशाली मुलुकले आफ्नो सबै ध्यान त्यसतर्फ नै केन्द्रीत गरेर बहस गरिरहेका छन् । युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने आशङ्काका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि सैन्य आक्रमण गरेरै छाड्ने निर्णय गरिसकेको फेरी दाबी गर्नुभएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्नेमा आफू विश्वस्थ रहेको र त्यो आक्रमण आउँदा केही दिनभित्रै हुन सक्ने भन्दै बाइडेनले सचेत गराउनुभएको छ ।अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कियभलाई निशाना बनाउने सम्भावना रहेको बाइडेनले बताउनुभयो । यसैबीच, गयराति युक्रेन सीमामा गोलाबारी भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । तर, त्यो आक्रमण हो वा अरु केही त्यस विषयमा भने स्पष्ट भएको छैन । रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ।

(Visited 117 times, 1 visits today)

७ फाल्गुन २०७८, शनिबार ०४:१८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....