युक्रेनमा तीस दिनको लागि आपतकाल घोषणा ।।

प्रकाशित मिति: १२ फाल्गुन २०७८, बिहीबार ०२:५८

युक्रेन सरकारले तीस दिनको लागि आपतकाल घोषणा गरेको छ । तत्कालका लागि ३० दिन आपतकाल घोषणा गरिएको भएपनि समय बढाउन सक्ने समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । रुसले आक्रमण गर्न सक्ने भन्दै युक्रेनले दोनेस्क र लुहान्स्कबाहेक पुरै युक्रेनमा आपतकाल घोषणा गरिएको हो । यसअघि युक्रेनले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरिसकेको छ । एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अपनाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ।पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ । रुसी सेना पूवपर्् युक्रेन शान्ति मिसनमा खटिने मस्कोको भनाई छ तर युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् । पश्चिमी मुलुकहरुले रुसी कदमको विरोध गर्दै विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

(Visited 21 times, 1 visits today)

१२ फाल्गुन २०७८, बिहीबार ०२:५८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....