एमसीसी पारित नगर्ने अडानसहित गठबन्धन जोगाउन पहल गर्ने माओवादीकाे निष्कर्ष

प्रकाशित मिति: १३ फाल्गुन २०७८, शुक्रबार ०९:३१

अमेरिकी सहयाेग एमसीसी सम्झौता र यसका कारण विकसित घटनाक्रमबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रवार बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित छलफलमा पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने अडान राख्दै आएको छ । छलफलमा अहिले बनेको सत्तारुढ गठबन्धनको उद्देश्य प्राप्ति भइनसकेकाेले यसलाई जोगाउनुपर्ने चर्चा भएको उहाँले बताउनुभयो ।

एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय नेपाली राजनीतिमा ध्रुवीकरण बढ्दै जाँदा सत्ता गठबन्धन धरापमा परेको छ ।

(Visited 28 times, 1 visits today)

१३ फाल्गुन २०७८, शुक्रबार ०९:३१ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....