नेपाल वायु सेवा निगमले साउदी अरेबियामा उडान गर्ने

प्रकाशित मिति: २२ फाल्गुन २०७८, आईतवार १३:५२

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियाको रियादमा उडान गर्ने भएको छ । आज आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको छ ।

उडान अनुमतिअनुसार नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीकाे पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।

निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरूप काठमाण्डाै–रियाद–काठमाण्डाै सेक्टरमा हप्ताकाे तीन वटा नियमित उडान सुरु गर्नेछ ।

(Visited 124 times, 1 visits today)

२२ फाल्गुन २०७८, आईतवार १३:५२ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....