छिटो पासपाेर्ट बनाइदिने भन्दै सेवाग्राही ठग्ने र सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ

प्रकाशित मिति: २ चैत्र २०७८, बुधबार ११:२६

छिटो राहदानी (पासपाेर्ट) बनाइदिने भन्दै सेवाग्राही ठग्ने र सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ परेका छन् । राहदानी विभाग त्रिपुरेश्वरमा राहदानी बनाउन लाइन बसेका सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै रकम लिइरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको माडीका अमृत थापा र प्रज्वल खड्का, बाग्लुङका रञ्जित कार्की, म्याग्दीका रामजी परियार, ललितपुरका गोमा बजगाइँ र रमेश बजगाइँ, रामेछापका रिठे मगर, पाल्पाका जीवनकुमार श्रेष्ठ, काभ्रेका सन्दीप मैनाली, सिन्धुलीका अभिषेक मगर, दैलेखका निरञ्जन तिवारी र धादिङका मदन तामाङ रहेका छन् ।

उनीहरूले  प्रहरी चारित्रिक प्रमाणपत्र, कोरोनाविरुद्धको खोप लगाएको कार्ड र विद्युतीय राहदानी फारममा नक्कली सरकारी छाप बनाएर किर्ते गरेको प्रहरीले जनाएको छ ।

राहदानीको कामलाई सरकारले व्यवस्थित र छिटो छरितो गर्न नसक्दा दैनिक हजारौँले सास्ती भोग्दै आएका छन् । सरकारी कमजोरीको फाइदा उठाउँदै ठगहरू सक्रिय भएका हुन् ।

(Visited 92 times, 1 visits today)

२ चैत्र २०७८, बुधबार ११:२६ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....