राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले पनि आफ्नै चुनाव चिह्न पाउने

प्रकाशित मिति: ३ चैत्र २०७८, बिहीबार ०५:५१

आगामी स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले पनि आफ्नै चुनाव चिह्न पाउने भएका छन् । निर्वाचन आयोगको हिजो बसेको बैठकले राष्ट्रिय दलको मान्यता नपाएका दलहरूलाई सशर्त दलीय चुनाव चिह्न दिने निर्णय गरेको हो । स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ । तर साना दलहरुले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले सशर्त दलीय चुनाव चिह्न दिने प्रस्ताव अघि सारेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सीआईएनसँग बताउनुभयो । तर, आयोगले मागेको विवरणहरू नबुझाउने दलका उम्मेदवारलाई भने स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने चुनाव चिह्न नै प्रदान गरिने आयोगले जनाएको छ ।

(Visited 17 times, 1 visits today)

३ चैत्र २०७८, बिहीबार ०५:५१ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....