ककनीमा आगलागी, तीन वटा घर जलेर नष्ट

प्रकाशित मिति: ५ चैत्र २०७८, शनिबार ०७:२१

नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा आगलागी हुँदा तीन वटा घर जलेका छन् ।

गएराति भएको आगलागीबाट तीन दाजुभाइ मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो ।

स्थानीय बासिन्दा र ककनीबाट खटिएको प्रहरी टोलीले आगो निभाएका छन्। घरमा भएका सर–सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दिनुभयो । तीन दाजुभाइको गरी ५० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।

आगलागीको कारण खुलेको छैन । पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

(Visited 18 times, 1 visits today)

५ चैत्र २०७८, शनिबार ०७:२१ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....