नेपालको निर्यात अहिलेसम्मकै उच्च, आयातदरमा कमी आउँदै

प्रकाशित मिति: ८ चैत्र २०७८, मंगलवार ०३:०६

मुलुकको निर्यात दर बढाउने लक्ष्य लिएको सरकारको योजना प्रभावकारी रूपले अघि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को ८ महिनामै नेपालको निर्यात व्यापारमा नयाँ रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार गर्न सफल भएको हो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ को एक वर्षको सोही अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको थियो । विभागका निर्देशक पुण्य विक्रम खड्काले सीआईएनसँग कुराकानी गर्दै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७÷७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४ दशमलव ४३ प्रतिशतको वृद्धि भएको छ । उहाँले विशेषगरी नेपालबाट भटमासको तेल, सूर्यमुखीको तेल र पाम आयल सबैभन्दा बढी निर्यातभएको पनि बताउनुभयो । भन्सार विभागका अनुसार ८ औं महिनासम्म कुल वस्तु आयात १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको भएको छ । गत आार्थिक वर्षको यसै अवधिमा ९ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु आवमा गत वर्षको तुलनामा३८ दशमलव ६४ प्रतिशत बढी आयात भएको हो । यस्तै चालु आर्थिक वर्षको ८ औं महिनासम्म कुल वैदेशिक व्यापारको आकार १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४२ दशमलव १३ प्रतिशत बढी हो ।

(Visited 11 times, 1 visits today)

८ चैत्र २०७८, मंगलवार ०३:०६ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....