छुट्टै गुप्तचरी संयन्त्र बनाउने वाग्मती प्रदेश सरकारकाे तयारी

प्रकाशित मिति: ८ चैत्र २०७८, मंगलवार ११:५४

वाग्मती प्रदेशले आफ्नो छुट्टै गुप्तचरी संयन्त्र गठन गर्ने तयारी गरेको छ । आज मङ्गलवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा गएकाे पुस २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्युरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र सङ्घीय कानुनअनुसार परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्युरो गठन गर्ने निर्णय गरेको हो ।

आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले त्याे विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गर्नुभएको थियो ।

कानुन मन्त्री खनालको प्रस्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो । त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समिति पठाएको छ ।

त्यस्तै वाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेकोे घोषणा गर्नुभयो । उहाँले प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मत स्वीकृत भएको पनि घोषणा गर्नुभयो । प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ ।

यसैबीच न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रदेशका कानुन मन्त्री खनालले प्रदेश सरकारले पाएको अधिकारलाई सदुपयोग गरेर वाग्मती सरकारले पहिलो पटक आफ्नै मातहतमा रहने गरी सुरक्षासँग सम्बन्धित सूचना ब्युरो बनाउन लागेको बताउनुभयो । उहाँले दफाबार छलफलपछि मात्रै व्यवस्थित गरिने बताउनुभयो । मन्त्री खनालले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पास गरे पनि प्रदेशमा प्रहरी समायोजन हुन नसकेको गुनासो गर्नुभयो ।

मन्त्री खनालले सङ्घीय सरकारको मुख ताक्दा धेरै काम प्रदेश सरकारमा हुन ढिलाइ भइरहेको पनि बताउनुभयो ।

(Visited 13 times, 1 visits today)

८ चैत्र २०७८, मंगलवार ११:५४ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....