सबैदललाई आफ्नै निर्वाचन चिन्ह प्रदान गर्न दलहरूको रुजु कार्य हुँदै

प्रकाशित मिति: १० चैत्र २०७८, बिहीबार १४:२५

राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका, तर स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका अन्य दललाई आफ्नै निर्वाचन चिन्ह लिन दिएको आवेदनको रुजु कार्य अझै नसकिएको निर्वाचन आयोगले जनाएको छ । ७३ दल मध्ये ५८ दलले आफ्नै निर्वाचन चिन्ह लिनका लागि गत चैत्र ६ गते आयोगमा जिल्लागत त्रियाशिलता र संगठनको विवरण पेश गरेका थिए । यस्तैआगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । आगामी निर्वाचनका लागि करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता सङ्ख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र बढि छाप्ने तयारी भएको आयोगका सह–प्रवक्ता सुर्य प्रसाद अर्यालले बताउनुभयो । आज पत्रकार सम्मेलन गर्दै उहाँले मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको भए पनि निर्णय भने भइनसकेको बताउनुभयो । यस्तै निर्वाचन आचार संहिता कार्यान्वयनका सन्र्दभमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचार संहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको पनि उहाँले बताउनुभयो । मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ । यस्तै मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका लागि विभिन्न फर्महरुको आवेदन लिएको र त्यसबारे अध्ययन भइरहेको आयोगले जनाएको छ ।

(Visited 12 times, 1 visits today)

१० चैत्र २०७८, बिहीबार १४:२५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....