परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, ऊर्जादेखि रामायण सर्किटसम्मका कुराकानी

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलवार १०:२६

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय समकक्षी डाक्टर एस जयशंकरबीच भेटवार्ता भएको छ । बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठकको क्रममा श्रीलङ्काको राजधानी कोलम्बोमा आज मङ्गलवार मन्त्री खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।

भेटवार्ताबारे ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खड्कासँगको कुराकानी फलदायी रहेको बताउनुभएको छ । कनेक्टिभिटी, ऊर्जा, कृषि र स्वास्थ्यलगायतका विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।

यस्तै रामायण सर्किटको प्रगतिमा ध्यान दिन दुवै देश सहमत भएका पनि भारतीय विदेशमन्त्री जयशंकरले उल्लेख गर्नुभएको छ ।

(Visited 10 times, 1 visits today)

१५ चैत्र २०७८, मंगलवार १०:२६ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....