दिल्ली दूतावासमा चुच्चे नक्सा नराखिएकाेप्रति ओलीकाे प्रश्न

प्रकाशित मिति: २० चैत्र २०७८, आईतवार १०:३८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो भन्दै आपति जनाउनु भएको छ ।

आज (आइतबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे ।

नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ भन्दै उहाँले आपति जनाउनुभएकाे छ। उहाँले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिएको भन्दै यसकै लागि जानुभएको रहेछ भन्दै असन्तुष्टि जनाउनु भएकाे छ ।

उहाँले भन्नुभयाे, प्रधानमन्त्री फर्किनु भन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?

त्यस्तै, उहाँले सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि वुद्धिजीवि भने हात बाँधेर बसेको उहाँको तर्क छ ।

(Visited 16 times, 1 visits today)

२० चैत्र २०७८, आईतवार १०:३८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....