नियन्त्रणबाहिर बर्डफलू, पोल्ट्री निषेधाज्ञाको तयारीमा विभाग

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार १२:०७

पशु सेवा विभागले कुखुराको सङ्क्रामक रोग बर्डफ्लू नियन्त्रण बाहिर गएको बताएको छ । सङ्क्रमण बढेपछि पशु सेवा विभागले पोल्ट्री निषेधाज्ञाको तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .राम नन्दन तिवारीले बर्डफ्लू सङ्क्रमण नियन्त्रणबाहिर गएको बताउनु भएको हो । उहाँका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लूको सङ्क्रमण बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स, टर्की , काग ,प्यारेन्ट कालिज र लौकाटमा फ्लु पुष्टि भएको छ ।देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर,धनुषा र बारामा बर्डफ्लू सङ्क्रमण तिब्र गतिमा फैलिएको छ ।पोल्ट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोल्ट्री लकडाउन जानुको विकल्प नभएको पनि उहाँले प्रष्ट पार्नुभएको हो ।

(Visited 7 times, 1 visits today)

२१ चैत्र २०७८, सोमबार १२:०७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....