चुनावमा गठबन्धनमै जाने सहमति भइसकेकाे छ

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार १३:०१

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे चुनावमा गठबन्धनमै जाने सहमति भइसकेको बताउनुभएको छ । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई आज बुधवार चितवनमा सम्बोधन गर्दै उहाँले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको चुनावमा गठबन्धनमै जानुपर्ने बताउनुभयो ।

दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार देश र जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, सबै आ–आफ्नो ठाउँबाट लचिलो भइ त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।

वर्षाैँदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने सङ्घर्षको सार्थकरूपको सुरुवात आज चितवनको भरतपुरबाट सुरु भएको उहाँको भनाइ छ । विसं २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरुवात गरेको भन्दै भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा प्रदान गरेर भूमि प्राप्तिको अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको सुरुवात भरतपुरबाट सुरु भएको भन्दै आफूले पाँच वर्ष अगाडि चुनावका बेला गरेको वाचा पूरा गर्ने प्रक्रियाको सुरुवात भएको बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका २ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । याे क्षेत्रमा ६ सय ९७ जना भूमिहीन छन् । तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन् । एक परिवारलाई एक सय ३० वर्गमिटर नबढाइ भोगचलन गर्दै आएको जग्गा दिइएको हो ।

(Visited 10 times, 1 visits today)

२३ चैत्र २०७८, बुधबार १३:०१ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....