ज्येष्ठ नागरिकका लागि अस्पताल निर्माण गर्न स्वीकृती दिने सरकारको निर्णय

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार १२:१९

सरकारले ज्येष्ठ नागरिकहरूलाई विशिष्ठ प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन एउटा ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्ने भएको छ । हिजो बसेको मन्त्री परिषद बैठकले विशेषज्ञ सेवासहितको अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको सञ्चार, सुचना तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । साथै सरकारले विभिन्न २० देशका लागि राजदुत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय समेत गरेको प्रवक्ता कार्कीले आज नियमित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । त्यसैगरी बुढीगंडकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद् को २०७५ असोज पाँच गतेको निर्णय खारेज गर्ने निर्णय समेत हिजोको बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।

(Visited 14 times, 1 visits today)

२५ चैत्र २०७८, शुक्रबार १२:१९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....