ताप्लेजुङ मालपाेत कार्यालयका प्रमुख घुससहित पक्राउ

प्रकाशित मिति: ११ बैशाख २०७९, आईतवार १०:४०

ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लेखा पनेरु घुससहित पक्राउ पर्नुभएको छ । पनेरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस रकम लिइरहेका बेला  पनेरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गएको साउनदेखि चलेको यो प्रक्रियाको कागजी प्रक्रिया भइसकेको र लेनदेनकै कारण सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा पनेरु पक्राउ परेका हुन् ।

(Visited 44 times, 1 visits today)

११ बैशाख २०७९, आईतवार १०:४० मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....