शिक्षक परीक्षा नतिजा सार्वजनिक

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलवार २३:२६

शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो । १ हजार ५ सय ४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि परीक्षा लिइएको थियो ।

उतीर्ण भएका उम्मेदवारहरूको विषयगत परीक्षा आगामी असार ९ गते विहान ८ बजेदेखि सञ्चालन हुने आयोगले जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहने उम्मेदवारले बैशाख २६ गतेसम्म आयोगमा निवेदन दिन सक्नेछन् । आयोगले गत वर्ष मंसीर २९ गते माविको लागि, पुष ७ गते निमाविको लागि र पुष १४ गते प्राथमिक तहका लागि विज्ञापन गरेको थियो । निम्न माध्यमिक र प्राथमिक तह अन्तर्गत शिक्षक पदमा खुला तर्फको विज्ञापनको नतिजा पनि यही महिनाभित्र सार्वजनिक गर्ने आयोगका अध्यक्ष मधु प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

(Visited 55 times, 1 visits today)

२० बैशाख २०७९, मंगलवार २३:२६ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....