सुदूरपश्चिमका १३ वटा अस्पतालबाट कोरोना शङ्कास्पद ८७ जना बिरामी डिस्चार्ज

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार १२:५३

सुदूरपश्चिमका १३ वटा अस्पतालबाट कोरोना शङ्कास्पद ८७ जना बिरामी डिस्चार्ज भएका छन् । दुई महिनाको अवधिमा उनीहरुलाई अस्पतालहरुले डिस्चार्ज गरेका हुन् । सेती प्रादेशिक अस्पतालबाट ३४, डडेल्धुरा अस्पतालबाट १०, अछाम अस्पतालबाट ९, बयलपाटा अस्पतालबाट ८, महाकाली र डोटी अस्पतालबाट ६–६ र बैतडी अस्पताल र भजनी स्वास्थ्य चौकीबाट ३–३, बाजुरा अस्पताल, गोकुलेश्वर अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २–२, कोल्टी स्वास्थ्य चौकी र बझाङ अस्पतालबाट १–१ जना गरी अहिलेसम्म ८७ जनालाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ । अहिले ५ जना सङ्क्रमितसहित १२ जनाको विभिन्न अस्पतालको आईसोलेसन कक्षमा उपचार भईरहेको केन्द्रले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित ५ सहित ७ जना तथा डडेल्धुरा, बैतडी, अछाम, बयलपाटा अस्पताल र चौमला स्वास्थ्य चौकीमा १–१ जनाको उपचार भइरहेको छ ।

(Visited 140 times, 1 visits today)

५ बैशाख २०७७, शुक्रबार १२:५३ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....