पब्लिसिटी डिजाईनरबाट भिडियो निर्देशन तर्फ शान

Loading...

 

काठमाण्डौ ,माघ ११ गते ।
नेपाली चलचित्रका पब्लिसिटी डिजाईनर शान थापाले म्यूजिक भिडियो निर्देशनमा हात अगाडी बढाएका छन् । ‘माया मलाई’ बोलको गीत मार्फत उनि निर्देशकको परिचय बनाउने बाटोमा लागेका छन् ।

युथ क्रियशनले बजारमा ल्याएको उक्त म्युजिक भिडियो सुगम नेम्वाङ्,चाँदनी राई र सागर थापा फिचारिंग छन् । हरि न्यौपानेको छायांकनमा टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो पछिल्लो जेनरका दर्शक टार्गेटेड भिडियो बनेको बताईएको छ ।

गीतमा रविना थापा मगरको शब्द तथा संगीतमा युवा पार्श्व गायक बादल लिम्बु तथा गायिका रविना थापा मगरको स्वर रहेको छ ।

 

थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Loading...

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला