महाकालीपारि अलपत्र परेका नेपालीको उद्धार

प्रकाशित मिति: १९ बैशाख २०७७, शुक्रबार १२:०८

महाकालीपारि अलपत्र परेका नेपालीको उद्धार गरिएको छ । गएरातिसम्म बैतडी र दार्चुलाको सीमापारि अलपत्रपरेका दुई हजार पाँच सय ९५ जनाको उद्धार गरिएको हो । एकैदिन दार्चुलापारि धार्चुलाबाट एक हजार दुई सय ९६ जनाको उद्धार गरिएको छ । दार्चुलाका दुई नाकाबाट उनीहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । उद्धार गरिएका अधिकांश नागरिक सुदूरपश्चिम प्रदेशका छन् भने कर्णाली प्रदेशका पनि केही नागरिक रहेका छन् । बैतडीपारि उद्धार गरिएका नागरिकलाई पनि राति नै घर पठाइएको बैतडीका जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
बैतडी र दार्चुला नाकाबाट नागरिकको उद्धार गरिए पनि कैलाली र कञ्चनपुर नाकाबाट भने नेपाली नागरिकको अझै उद्धार हुन सकेको छैन । एक महिना अघिदेखि कैलालीको गौरिफन्टा नाकापारि एक सय २० जना नेपाली अलपत्र छन् । कञ्चनपुर पारि चम्पावतमा पनि दुुई सयजना भन्दा बढी नेपाली अलपत्र छन् । एक महिनादेखि अलपत्र ती नेपालीको भने उद्धार हुन सकेको छैन ।

(Visited 55 times, 1 visits today)

१९ बैशाख २०७७, शुक्रबार १२:०८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....