परदेशीको चिठ्ठी आमालाई…

ZEN Travels

-सुनिता थापा

मलाई माफ् गर मेरी जननी,आज यति झुटो बोलें,
आँखाभरी आँसुको बर्षा हुँदै थियो.. म हाँस्दै छु आमा भनि दिए,
छटपटिदै थिएँ,
पिडाले छाती दुखदै थियो,
म आरमै छु भनिदिएँ |

मलाई माफ् गर जननि आज यति सम्म झुटो बोलें..
परदेसीको गाली शिरमा थाप्दै थिएँ ..
आमा ! म भजन किर्तन गाउदै छु भनि दिए,
भुईको चिसोले सुन्निदा आमा ! म त मोटाएको छु भनिदिएँ
परदेसीको जुत्ता पुस्दै गर्दा म पूजा पाठ गर्दैछु भनि दिएँ,
दिनरातको भोको हुँदापनि म खाना खाँदै छु भनिदिएँ

पाइदैन आमा ! मर्न लाग्दा एक दबाई..
ऐया !ऐया !भन्दै पर्देसीको आदेशमा कठपुतली झै नाच्नुपर्छ दिनरात नभनी
रगत् पसिना बनाउदै घडीको टिक टिक संगै चल्नु पर्छ
न थकाई !
न भोक !
न प्यास !
न निन्द्रा भन्न पाइन्छ,,
मेशिन झै सदा यहाँ चल्नुपर्छ,चलिरहनुपर्छ

भोक पनि लाग्छ आमा
प्यासपनि लाग्छ ,
शरीर थाकेर लखतरन भई तिम्रो काख माग्छ,
याद आउछ नि आमा, बेस्सरी याद आउँछ
ममता मिश्रित तिम्रो हातले पस्किएको खानाको ..
घटघट थुक निली बस्नु पर्छ आमा…
सम्झिएर तिम्रो हातले खुवाएको

हरदम हरपल याद आउँछ जननी
तिम्रो काख अनी साथी संगीको
रुदै चल्नु पर्छ हे मेरी आमा पर्देसीको माझ,
साँचो बताउने आँट आएन जननी !
तिम्रो ममता म खोट लाग्ने डर लाग्यो,
सकिन रुन जननी,
छाती तिम्रो चीरिने डर लाग्यो,,
मलाई माफ गर हे मेरि जननी ! आज मलाई यति झुट बोल्न कर लाग्यो

हेर्दा झिलिमिली देखिने यो मुर्दा शहरको
अर्कै छ भाषा, अर्कै छ भेषभूसा,,
अर्कै छ संस्कृति ,
पाईलै पिछे ठेस लाग्छ आमा चल्न गाह्रो भो,
को आफ्नो !
को आफन्त !
आमा मुर्दा संसार यो !
हुन्न रे आमा यहाँ नाता गोता !
तिमीले दिएको संस्कृति बचाउन गाह्रो भो,
मैले सम्हालेको अस्मिता जोगाउन गाह्रो भयो ,
डर लाग्न थाल्यो आमा ! तिमिले दिएको पहिचान गुम्छ को भनेर !
छैन खाली ठाउँ हे आमा…. शरीर छ निल डामले भरिएको ,

तर
अब सकिन र सक्दिन आमा !
बाँचे भने तिम्रो चोली फेर्ने गरि आउनेछु छिट्टै
मरें भने यिनै आँसुले लेखिएका शब्दको कोसेली ..
तिमीलाई भनेर लेखिएको यो अन्तिम चिठ्ठी

काँडाघारी,काठमाडौँ
हाल: यु.ए.ई

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला