लेटाङमा हामी घुम्दा…………

Loading...

 

सिर्जना घिमिरेः धेरै अघिदेखि जान मन लागेको ठाउँ, तर समयले जान जुराइरहेको थिएन । मोरङको उत्तरी ‍क्षेत्र जुन भर्खरै नगरपालिकामा परिणत भएको छ, लेटाङ भोगटेनी नगरपालिका । धेरै प्रयासपछि त्यो ठाउँ जाने मौका मिल्यो । हाम्रो टोलीमा म, बुवा र मामा थियौं ।

मन खुसी थियो त्यो भन्दा ज्यादा त्यो ठाउँमा केही नयाँ कुरा पाइन्छ कि भन्नेमा थियो ताकि ति कुरालाई कागजमा उतार्न सकुँ । आखिर शब्दका खेती गर्ने किसान जो परें – पत्रकार ।

साँझ झपक्कै परिसकेको थियो । कानेपोखरीदेखि जंगलै जंगलको बाटो भएर आठ किलोमीटर उत्तर जाँदा मानव बस्ती भएको एउटा गाउँमा पुगियो, जँहाबाट लेटांगभोगटेनी नगरपालिका सुरु हुँदोरहेछ । अघि कहिल्यै नपुगेको ठाउँ कस्तो छ होला भन्ने मनमा कौतुहल लागिरहेको थियो ।

IMG_20151102_125809

जब लेटाङ सुरु भयो अनि मलाई सुनसरीको सफा नगरी धरानसंग दाँज्न मान लाग्यो । घनघोर जंगलका विचबाट जाँदा त यस्तो बजार नि छ र जस्तो अनुभूति भएको थियो तर सोचेको भन्दा फरक पाएँ । के छ र त्यहाँ भन्ने लागिरहेका बेला त्यहाँ कृषि विकास बैंकको सुविधा सम्पन्न कृषि तालिम केन्द्र देखेर दंग परें ।
IMG_20151102_131238
IMG_20151102_131416
साँझमा खाना खाइसकेर त्यहाँका केही अगुवासंग कुरा गर्ने अवसर मिल्यो । कुराकानी गर्ने क्रममा लेटाङमा विगत करीब पचास बर्षदेखि बसोबासको समस्या ज्यूँका त्यूँ रहेछ । मानिसहरु बजार आसपास बसेका त रहेछन् तर सत्तरी प्रतिशत जति सर्वसाधारणको हातमा धनी पूर्जा रहेनछ ।

IMG_20151102_131543

त्यहाँका अगुवाहरुको भनाईमा अहिलेको लेटाङ बजारको पश्चिममा पर्ने चिसाङ खोलाले पहिलाको बजार बगाएपछि तत्कालिन राजा महेन्द्रले लेटाङ बजार पूर्वतिर सार्न अनुमति दिएका रहेछन् । तर अहिले पनि उनीहरुको बसोबासको ठेगान रहेनछ ।

बसोबासको समस्या बाहेक लेटाङ बजारलाई दुईपट्टिबाट खोलाले घेरेका कारण त्यहाँका सर्वसाधारणको आर्थिक उन्नति हुन नसकेको त्यहाँका पुराना बासिन्दाहरुको भनाईबाट थाह लाग्यो । कुरा गर्दै जाँदा लेटाङ बजारबाट करीब सात किलोमिटर उत्तरको यात्रा तय गर्दा राजारानी पोखरी पुगिन्छ थाह भयो । भालिपल्ट बिहानै त्यहाँ जाने भन्ने मनमनै सपना बुन्न थालें ।

विहान उज्यालो भएपछि मोटरसाइकलको यात्रामा पहाडको अप्ठ्यारो बाटो हुँदै राजारानी पोखरी पुगियो । सानो उपत्यका जस्तो आकारको सो क्षेत्र अत्यन्तै रमणीय रहेछ । तर त्यहाँ पुग्दा राजा तथा रानी पोखरी संरक्षणको पर्खाईमा रहेको जस्तो अनुभूति भयो ।
IMG_20151102_130945

IMG_20151102_130153

IMG_20151102_130426
जलकुम्भी र अनेक थरीका झारले ति पोखरीलाई छोपिसकेको रहेछ । त्यहाँका सर्वसाधारणले राजारानी पोखरी रहेका सखुवाका रुखमा रहेका सुनाखरीको फूल हेर्न धेरै विद्यार्थी त्यहाँ जाने गरेका बताएका थिए । तर सुनाखरी नफुल्ने समय गएका कारण मैले त्यो दृश्य देख्न भने पाइन । त्यसपश्चात हामीलाई चाहिने सुनाखरिका आवश्यक बिवरणहरु लएर हामी त्यस ठाउँबाट फर्कियौँ। IMG_20151102_130715

IMG_20151102_130543
दशैंको माहौल भएर होला त्यस ठाउँका चोकचोकमा नाचगानका कार्यक्रम चलिरहेका थिए । त्यस ठाउँमा धेरै समयसम्म शुद्ध खानेपानीको अभाव रहेको र भर्खरै मात्र त्यस ठाउँका जनताले शुद्ध खानेपानीको उपभोग गर्न पाएको कुरा पनि त्यस ठाउँका जनतासँगको कुराकानीमा थाहा भयो । सायद त्यसैले होला त्यस ठाउँको खानेपानीको दुईवटै पानी ट्याङ्की बेहुलीझैं सिँगारिएका थिए ।

धेरै कुराको सम्भावना बोकेको लेटाङको विकासका लागि सरकार उदासिन रहेको त्यहाँका बासिन्दाको भनाई छ । त्यहाँको विकास र सर्वसाधारणको कुरा लिएर फेरि त्यहाँ पुग्ने सपना बुन्दै हामी फर्कियौं ।

 

थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Loading...

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला