मह जोडीको नेवार बहादुर र बाहुन बहादुरले युरोपमा के सिकायो ?  

ZEN Travels

स्विजरल्याण्ड – केहि समय अगाडी बाबुको मुख हेर्ने दिन मह जोडीका मदन कृष्ण श्रेष्ठ ले भनेका थिए – ‘म हरेक दिन मेरो बाबालाई संझन्छु । पुगोस् -नपुगोस् म दैनिक जसो बुबालाई पानी चढाउछु । मैले मेरो बुबालाई मात्र होइन हरिवंशको बुबालाई पनि पानी चढाउछु । यस्तै, अर्का कलाकार हरिवंश आचार्यले पनि त्यहि बेला भने -‘ मदन दाईको बुबा नेवार, मेरो बुबा बाहुन हुनुहुन्छ । तर, हामी एक अर्काको बुबालाई पानी चढाउछौ र दैनिक हामि संझन्छौ ।’
हिमाल , पहाड , तराई जहाँबाट विदेशमा आएपनि , ब्राह्मण , नेवार , छेत्री , गुरुङ , मगर जो जस्तो भएपनि हामि सबै नेपाली हौँ । हामिमा छरिएको भ्रमलाई अन्त्य गर्नु पर्छ । हामि सबै जाति एक हौ । हामि सबै नेपाली भएर बाच्नु पर्छ जस्ता संदेशहरु उहाँहरुले देखाएको नाटक तथा टेली चलचित्रबाट स्पस्ट देखिन सकिन्छ ।

मह जोडी लगाएत सांगेतिक टोलीले अहिलेसम्म नर्वे, फिनल्याण्ड, डेनमार्क, पोल्याण्ड, स्विडेन, स्पेन , फ्रान्सका लगायत विभिन्न सहरहरुमा गरिएको कार्यक्रममा सबै जातजाति एक हौँ भन्ने देखाउन खोजिएको छ । यसै क्रममा नेपालमा हाल भएका समस्याहरु : राजनीतिक पदमा खिचातानी ,विभिन्न शक्तिको प्रयोग गरि दादागिरी गर्ने , जातीय विभाजन गरि देशलाइ बिभिन्न प्रदेशमा टुक्र्याउन खोजिएको जस्ता बिषयबस्तुलाइ हाँस्य र व्यंज्ञात्मक तवरले प्रस्तुत गर्दै नेपाली जनताहरुको भूमिका अव कस्तो हुनुपर्छ भन्ने संदेश दिंदै हिडेका छन् यो कुरा प्रबाशमा बसेका नेपालीहरुले पनि बुझ्नु पर्ने देखिन्छ ।

क्षेत्रफलको हिसाबले त्यति ठूलो राष्ट्र नभए पनि जातीय, भाषिक र साँस्कृतिक विविधताले सम्पन्न राष्ट्र नेपालमा आज तमाम देशवासी सार्थक राष्ट्रिय एकता र मजबुत राष्ट्रियता सहितको सम्पन्न नेपाल हेर्न चान्छन् । यसै शिलशिलामा धेरै ऐतिहासिक घटनाक्रमहरु घटि सकेका छन्।

हामी प्रहरी चौकीहरु ध्वस्त हुँदा, गोला वारुद चलेर जन/धनको क्षति हुँदा, अनि बन्द हडताल हुँदा मात्र देश संकटमा परेको ठान्छौ। तर, आम नेपालीबीच भावनात्मक एकताको खाडल झन्झन् चौडा भइरहँदा भने देश संकटमा परेको ठान्दैनौ। नेपाल आमा रोएको सम्झदैनौ। जबरजस्ती भूगोलले घेरेको राष्ट्रियता महान की भावनात्मक रुपमा एक भएर बनेको राष्ट्रियता महान ? जबरजस्त लादिएको पहिचान स्वीकार्य र दिगो हुन्छ कि आत्मा देखि नै स्वीकारिएको पहिचान दिगो हुन्छ ? जस्ता वास्तविकता र चित्तबुझ्दो जवाफ खोज्नु पर्ने ऐतिहासिक जिम्मा आम नेपाली सामुख आएको छ।

ऐतिहासिक कालखण्डसँगै एउटा निश्चित भौगोलिक सिमांकन भित्र अटाएर बसेका सबै जातजाति, भाषा, संस्कृति र क्षेत्रले समान रुपमा फस्टाउने मौका नपाएकै कारण नेपालको शासकीय पद्धती एकात्मक, केन्द्रिकृत र वहुसँख्यक मूलबासी, मधेसी, दलित र उत्पीडित क्षेत्रका बासिन्दाले अपनत्व महसुस गर्न नसक्ने किसिमको जस्ता मह जोडीको व्यंगात्मकमा देखाइएको छ । एक अर्काको भाषा , जात जस्ता कुराहरुले परिणाम स्वरुप समग्र नेपालको राष्ट्रिय पहिचान स्थापित हुन सकेन । मानव सभ्यताका अमूल्य पहिचान स्वरुप विविध भाषा र संस्कृति, एकल भाषा र संस्कृतिको छाँयाले ओझेलमा पर्न पुगे जस्ता कुराहरु मह जोडी ले देखाएको नाटक बाट सिक्न सकिन्छ ।

नेपालका हरेक जात जाति तथा भन्नु पर्दा हरेक नेपालिहरु ले आफ्नो तथा परिवारको जीवन चलाउन एक छाक दाल र भात खानकै लागि र आफ्नो परिवारको जिविका चलाउनकै लागि संसारका हरेक क्षेत्रमा भौतारिरहेका छन् यो क्रममा ब्राह्मण , छेत्री , जनजाती , दलित भनिदैन सबै जातजाति यसैको लागि बाहिरिने क्रम जारि छ । विदेशमा आफ्नो अमूल्य रगत र पसिना बगाइरहेका छ्न । नेपालमा रोजगारी भइ दिएको भए हामीले आफ्नो देश छाडेर यत्ति ठूलो दुःख गरेर र दुःख गर्न विदेश जान पर्दैनथ्यो । नेपालमा जहिले सुकै बन्द, जहिले सुकै हडताल, जहिले सुकै झगडा, महंगी र बेरोजगारी समस्या त्यस्तै छ । अहिलेको यो अवस्था र परिस्थितिमा नेपालमा आफ्नो भविष्य नदेखेरनै हामी संसारभर भौतारिरहेका छौ , यसरि भौतारिरहेको बेला सबै नेपालि एक भएर बस्नु पर्छ जस्ता संदेशहरु मह जोडीले दिएका छन् ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला