स्पेनि युबतीको नेपाल प्रेम

ZEN Travels

मकवानपुर २० असार ।

असार महिनाको एक बिहान हेटौडा ६ हटिया स्थित एक विद्यालयमा एक विदेशी नागरीक वौद्धिक अपांगता भएका  बालबालिकाको स्याहार मा ब्यस्त थिइन् ।आसा स्पेसल  एजुकेसन एण्ड रिह्याविलिटेसन सेन्टर नामक स्कुलमा बालवालिका सुुकुलमा खेलि रहेका थिए भने कोही यताउति गरिरहेका देखि न्थे ।सामान्य अवस्थाका बालबालिकालाई भन्दा यिनीहरूलाई हेरचाह गर्दा बढी नै संवेदनशील र गम्भीर हुर्नुे भएकाले पनि उनिले वढिनै मेहनती बन्नु परेको स्पस्ट देखिन्थ्यो । विगत ३ वर्षदेखि यस्तै बालबालिका हुर्काउँदै आएकी स्पेनिस नागरीक आइना बार्का अन्य ८ जना सहयोगीको साथमा बालबालिको स्याहार र ब्यवहारीक सिप सिकाउनमै ब्यस्त हुन्छिन । हुन पनि बौद्धिक अपाङता भएका वालवालिका हरुलाई स–साना कुरामा ख्याल र्पुयाउनु पर्ने भएकाले सोचे जस्तो सजिलो कार्य हैन यो । सामान्य वाल बालबालिका भन्दा बौद्धिक अपांगता भएका बालबालिकाको खानपान, जीवनशैली र व्यवहारको प्रकृति अलग हुन्छ । उनीहरूको सपना र चाहको कोलाज नै भिन्दै हुन्छ । यस्ता बालबालिका हरक्षण आफ्नै संसारमा हुन्छन् । त्यसैले बौद्धिक अपांगता भएका व्यक्तिको सेवासुश्रुषा गर्नेले उनीहरूको मनोदशा र वस्तुस्थिति बुझेर व्यवहार गर्नु पहिलो सर्त हो । र सर्त पालन गर्नु पर्छ ।“सबैभन्दा ठूलो कुरा त बौद्धिक अपांगता भएका 13576572_10207803133095040_1917613995_nबच्चाहरूको मनोविज्ञान बुझ्नुपर्छ । यिनीहरूका लागि प्रेम, स्नेह र ममताभन्दा महत्त्वपूर्ण ओखती अर्को छैन,” काखमा लुटपुटिन आइपुगेकी बालिका मुसार्दै बार्काले सुनाइन् । “हेरचाह गर्ने जिम्मेवारी लिएको व्यक्तिले लापरबाही गर्दा यिनीहरूका दुख थपिने मात्र होइन, मनमा चोट पनि लाग्छ ।”सुस्त मनस्थिति भएका बालबालिका राख्नको लागी अहिले एउटा मात्र भवन भए पनि बालबालिकाको अवस्था हेरेर छुट्टा छुट्टै तिन तहमा छुट्टयाएर उनिहरुलाई सिप र शिक्षा दिइने गरीएको उनले वताइन् । सानै उमेरमा गरेको निर्णयले परीवारमा सुरुवातमा बिस्वास दिलाउन पनि समस्या वताउदै उनले भनिन “अहिले परीवरको पनी राम्रो साथ पाएको छु“ स्पेनमा फ्यामेली दि हेटौडा र हेटौडमा हेटौडेली परीवार नामक संस्था स्थापना गरेर साथि र परीवारको सहयोगमा यो विद्यालय संचालन गरीरहेकी छिन ् उनले । नयाँ ठाँउ र कोहि सँग परीचय नभएकोले सुरुवातको1508658_10206101423273358_4702453934169092762_n दिनमा केहिले झमेला खोप्नु परेको अनुको अनुभब छ । सुरुवातमा ५ जना बालबालिका २ शिक्षक राखेर सुरु गरेको र क्रमिक रुपमा बढाउदै गएको बताउदै उनले अब कोहि पनि बौद्धिक अपाङगता भएका बालबालिका लाई बहिस्कृत हुन नदिने बताईन ।हाफ्नो ३ बर्षको बसाइमा आइनाले धरै यस्ता बालबालिकाको संगत गरिन् । थरीथरीका अशक्तताले घेरिएका बालबालिका देखिन् । उनीहरूलाई नजिकबाट बुझ्ने प्रयास गरिन् । अहिले पनि यस केन्द्रका तिन वटा सेक्सनमा बौद्धिक अपांगता भएका २७ बालबालिका छन् । त्यसो त आइनाको साइनो यो केन्द्रको जन्मसँगै यहाँका बालबालिकासँग जोडिएको छ । २१ बर्षको उमेरमा परीवार सँग नेपाल घुम्न आएकि उनलाई ३ जना बौद्धिक अपाङता भएका बालबालिका लाई सडक मा देखे पछि दया लाग्यो । आमा बुवाकि 12027502_10206101425953425_5940091479733477199_nएक्लि सन्तान आइनाले ति बालबालिका लाई सडक मै छाड्न सकिनन् र नेपालमै बसिन्। “मैले यस्तै बालबालिकालाई नै सेवा गर्छु भनेर देश, घर परीवार छाडेर बसेको छु” उनले भनिन् ,सेवा नै गर्ने हो भने त्यसका लागि प्रतिबद्धता र समर्पण महत्त्वपूर्ण रहेको जिकिर गर्छिन् आइना । उनि भन्छिन, “सजिलोमा त सबैले काम गर्छन्, अप्ठ्यारोमा सेवा गर्न सकियो भने बल्ल यस्तो काम गरियो भन्ने सन्तुष्टि मिल्छ ।”हाल स्कुलमा खुट्टा लुलिएका, हात नचल्ने, मेरुदण्डमा समस्या भएका र राम्ररी उभिन र हिँडडुल गर्न पनि नसक्ने बालबालिका छन् । बाहिर हिँडडुल गर्दा, सवारी साधन चढाउँदा, शौचालय जाँदा या उनीहरूका लागि तय गरिएका खेल खेलाउँदा समेत चनाखो हुन सकिएन भने सानो गल्तीले अशक्तहरूलाई अरू धेरै पीडा दिन सक्छ “यस्ता अरू धेरै कुराहरू छन्, जुन कुराहरू अपांगता भएका बालबालिकासँग जोडिन्छन्,” आइना भन्छिन्, “बालबालिका लाई हप्काएर, डराउन दिएर अथवा तर्साएर व्यवहार गरियो भने उनीहरूमा चिन्ताको मात्रा थपिन्छ ।त्यसैले मायालु व्यवहार गर्न नसक्ने व्यक्तिले अपांगता भएका बालबालिका12072607_10206003275459724_8028441511741993858_nसँग संगत नै नगरे हुन्छ ।”खानपान र फिजियोथेरापी यस्ता बालबालिकाका लागि अर्को महत्त्वपूर्ण पक्ष हो ।बालबालिकाको समस्या हड्डी र नशासम्बन्धी भएकाले उनीहरूलाई मासु, गेडागुडी र फलफूलजस्ता कुरामा जोड दिनुपर्छ । “यसमा पनि चिकित्सकको सल्लाह र सुझाव उपयोगी हुन्छ,” उनले भनिन् “मैले लबालिकाका लागि फिजियोको तालिका नै बनाएकी छु ।”अहिले सम्म के गर्नु भयो र भविश्यको योजना के छ भन्ने प्रश्नमा आइना भन्छिन् । “ यो २५ वषको उमेरमा मैले सिकेको एउटै कुरा हो, कष्टमा पनि खुसी हुन सक्नुपर्छ ।” आफूले गरेको कुरा आफँैले भन्नुभन्दा बालबालिकाको खुसीमा जवाफ खोज्न सकियो भने सार्थकता हुने धारणा उनको जवाफ थियो । अबको बाँकी जीवन पनि 13507034_10207750043727839_2187489260204774985_nनेपाल मा रहेर यस्तो फरक अवस्थाका बालबालिकासँगै बिताउन चाहन्छिन् उनि ।भन्छिन् “अब त अरू केही सोच्नै सकिँदैन ।” समाजमा अझै पनि बोद्धिक अपांगता भएका बालबालिकालाई बोझका रूपमा हेर्ने चलन छ, जुन अन्त्यको का लागी म लागी पर्ने छु ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला