मेड्रिडमा नेपाली कन्सुलर नभएको कारण धेरै कठिनाइ – रोशन पाठक

गैर आवाशीय नेपाली संघ  मेड्रिडका अध्यक्ष रोशन पाठक संग लिइएको छोटो अन्तर्वार्ता पढ्नुहोला

तपाइको व्यक्तिगत परिचय बताइदिनुस न ?

मेरो नाम रोशन पाठक,मेरो जन्म २०४३/१२/२१ गते झापाको गौरादह महारानी झोडा ४ मा भएको हो। त्यसपछि बुधवारे झापामा माध्यमिक तह सम्मको अध्धयन हासिल गरि उच्च शिक्षा हासिल गर्ने क्रममा कपन काठमांडौमा वसोवास भइ हाल स्पेनको म्याड्रिड स्थित विगत ९ वर्ष देखि बस्दै आएको छु ।

यूरोप प्रवेश कहिले र कसरी गर्नु भयो  ?

अध्धयनको सिलसिलामा २००७/६/१७ गते युरोप प्रवेश गरेको हुँ ।

यूरोपमा आएर पनि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ , यो कसरी सम्भब भएको हो जस्तो लाग्छ ?

हामी मानवजाति सामाजीक प्राणी हौं, त्यसै पनि हामी नेपाली मुलका जाति युरोपमा अरुको तुलनामा न्युन र पिछडिएका पनि छौं । हामीलाई हर बखत हाम्रो समाजको आवश्यक्ता पर्दछ त्यसैले हामि हरेक विदेशमा बस्ने नेपालीहरुले हाम्रो समाजको विस्तार, विकास र रक्षाको लागी सक्रियताका साथ अगि बढ्नु पर्छ र हाम्रो कर्तव्य पनि हो । यसको लागी एकता अत्यन्तै आवश्यक छ किनकि एकता नै हाम्रो बल हो भन्ने सोचका साथ सामाजिक क्षेत्रमा प्रवेश गरेको हुँ ।

भर्खरको लक्का जवान अनी शारीरिक सु संगठन पनि राम्रो हुनुहुदो रैछ यसको लागी के गर्नु हुन्छ ?

यसको लागी शारिरिक व्यायाम अत्यन्तै आवश्यक छ, म हरेक दिन जसो समय मिलाएर केही व्यायाम हरु गर्ने गर्छु। यसले शारिरिक सु संगठन मात्रै नभएर स्वास्थ स्थिति पनि बलियो र राम्रो रहन्छ ।

एन आर एन मड्रिडको अध्यक्ष हुनुहुन्छ ,एन आर एन सस्था मा नै किन र कसरी कसरी प्रवेश गर्नु भयो ?

विगतका केहि समय देखिनै प्रतक्ष्य, अप्रतक्ष्य सामाजिक सेवामा सामेल भई सहयोग पुर्याउने क्रममा २०१३ वाट एन आर एन ए को कार्यसमितिमा प्रवेस गरि सन २०१५/०४/१२ गते भएको अधिवेसनवाट अध्धयक्ष को पदमा निर्विरोध सर्वसम्मतले निर्वाचित भई प्रवासमा वस्ने नेपालीहरुको हकहितका लागि गर्नु पर्ने आवश्यक काम र सहयोग गर्दै कर्तव्यका साथ अहिले सम्म निरन्तरता दिइरहेको छु र आगामि दिनहरुमा पनि नया जोस र उत्साहका साथ सामाजिक कार्यमा अगि बढ्ने प्रण गर्दछु ।

एन आर एन धनिहरुको सस्था हो भन्छन ,तपाइलाई कस्तो लागिरहेको छ ? सस्थाले आगामी दिनमा आफ्नो लोकप्रियता हासिल गर्न के गर्नु पर्ला ?

सम्भवत केहि व्यक्ति विसेषको कारणले गर्दाखेरि यो कुरा उठ्न सकेको हुनसक्छ र उठ्नु स्वाभाविक पनि हो। तर पुर्णता रुपमा मलाई यसवारेमा खासै त्यस्तो जानकारी चै छैन, यदि यस्तो हो भने मेरो विचारमा NRNA मा लाग्ने कुनै पनि व्यक्ति धनको धनि मात्रै नभएर मन र विचारको धनि हुन जरुरी छ र यस संगठनमा लागि सकेपछि कुनैपनि राजनिति धरोहर बोकेका व्यक्तिले गुठबन्दीलाई संस्था भन्दा बाहिर राखेर या त्यागेर स्वच्छ मन र मस्तिष्कले समर्पित भइ नेपालीहरुको हकहित र विकासमा लाग्नु पर्नेछ भन्ने मेरो धारणा हो र यो कुरा हरुलाई मनन गरि सदैव एकताका साथ अगि बढ्न सके लोकप्रियता आफसेआफ बढ्दै जान्छ र संस्थाको अझ्झ धेरै मुल्यान्कन र संगठन प्रतिको विस्वास कायम रहनेछ।

एन आर एन मद्रिड ले के के काम हरु गरेको छ ? मेड्रिडमा लामो समय बसोबास गरेको हैसियतले त्यहाका नेपालीहरुका समस्या हरु के हुन् ?
म्याड्रिडमा नेपालीहरुको मुख्य समस्या स्पेनमा नेपाली राजदुतावासको स्थापना अहिले सम्म नभएको र नेपाली कन्सुलर भिक्टोर गोन्जालेजको केहि वर्ष अधि असमायिक निधन भए पस्चात नेपाली कन्सुलर समेत नभएको र पुनस्थापना नगरिएकोले गर्दा कुनै पनि किसिमका कागजपत्र,नेपाली पासपोर्ट सम्बन्धिका कामहरु र अन्य यस्ता किसिमका अनेकौं कामहरुको लागि कठिनाई ब्यहोर्नु परिरहेको छ । राजदुतावास स्थापनाको लागि विभिन्न संस्थाबाट पहल त भईनै रहेको तर सरकारि निकायबाट अहिले सम्म यस विषयमा कुनै पनि किसिमका स्पश्ट जानकारी नअाएकोले गर्दा हामीले NRNA SPAIN अनतर्गत पेरिसस्थित नेपाली राजदुतावासमा म्याड्रिडका लागि कन्सुलर पुनस्थापनाको लागी प्रस्ताब अगि बढाएको तर यस विषयमा अहिले सम्म केहि कार्योनयन भएको छैन ।

नया कार्यसमिति चयन भए लग्त्तै १ वर्ष यता NRNA MADRID ले गरेका कामहरु यस प्रकार छन:-

– २५/०४/२०१५ नेपालमा महाविनाशकारि महाभुकम्प गएको समयमा नेपालमा केहि सहयोग गर्ने उद्धेश्यले म्याड्रिडवासि नेपाली दाजुभाई,दिदी वहिनीहरु र अन्स सहयोगि विदेसि दातावाट राहत रकम संकलन गर्ने अभियान संचालन गरि संकलित भएको केहि राहत रकम विभिन्न जिल्ला जस्तै धादिन्गको ३ गाउँ ,गोर्खा मा १ गाँउ, सिन्धुपालचोक मा २ गाउँ , दोलखा मा १ गाउँ गरि madrid मै बस्दै आउनुभएका साथिहरुलाई सर्वसम्मतल् चुनेर जो सोहि जिल्ला बाट हुनुहुन्छ, वँहाहरुलाईनै प्रतिनिधि बनाई वँहाहरुको रहोवर र नतिजा सहित प्रत्कक्ष रुपमा औषधिका सामाग्रि, पिउने पानी, टेन्ट, खाधन्नका सामाग्रि आदि को व्यवस्थागरि भुकम्प ग्रसित क्षेत्रसम्म पुर्याएर वितरण गर्न सफल भएको ।

-०५/०५/२०१६ भुकम्प गएको समयमा राहत संकलन अभियानतै द्वारान मेड्रिड को मुटु मानिने मेट्रो सोल मा दिवंगत हुनुभएका हाम्रा नेपाली दाजुभाई, दिदीवहिनीको संझनामा वँहाहरुको आत्माको चिर शान्ति र घाइते हरुको सिघ्र स्वास्थ लाभको कामना गर्दै दिप प्रज्वलन र मौन धारण गरिएको थियो। र त्यहावाट केहि राहत पनि संकलन गरिएको थियो ।

-१९/०५/१५ NRNA SPAIN ले संचालन गरेको राहत संकलन अभियानलाई सहयाग र समर्थन गर्दै १६४४€ पठाएको ।

-०९/०८/१५ पार्के सुर स्थित मनोरन्जातमक र अतिरिक्त क्रियाकलाप समावेस गरि ड्राई पिक्निकको आयोजना गरि सफलतापुर्वक सम्पन्न भएको थियो ।

-१३/०९/१५ महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा आयोजना गरिको कार्यक्रम हर्षो उल्लासका साथ मनाई भव्वयताका साथ सम्पन्न भएको थियो।

-३०/०९/१५ भारतले नेपाललाई लगाएको अघोषित नाकाबन्दीको विरोध जनाउदै NRNA SPAIN र NRNA MADRID को संयुक्त आयोजनामा म्याड्रिड स्थित भारतिय दुतावासमा घेराउ गरि धर्ना दिई ज्ञापन पत्र बुझाएको ।

-०८/१०/१५ नेपालीहरुको महान चाड दशैं तिहारको उपलक्ष्यमा दशैं तिहार धमाका नामक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान गरि नेपालका बहुचर्चित गायक राजेश पायल राई लाई समेत निम्तयाई कार्यक्रम बेजाड प्रस्तुति र हर्षो उल्लासका साथ सफलतापुर्वक सम्पन्न भएको थियो ।

– १०/०१/१६ भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा आइपरेको औषधि अभाव भएको अवस्थामा NRNA ले गरेको आह्वान र अभियानलाई समर्थन जनाउदै NRNA SPAIN को मार्फत सहयोग संकलन गरि ५००€ पठाएको ।

-२८/०२/१६ NRNA MADRID को संलन्गताना म्याड्रिड शहर स्थित पहाड नाभासेर्रादामा excursion र hiking गर्ने उद्धेश्यले ड्राई पिक्निकको आयोजना गरि रमाईलो र खुशियालीका साथ सम्पन्न भएको थियो ।

-१०/०४/१६ नया वर्ष २०७३ को शुभ-आरम्भसँगै शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरि युरोपका उदयमान गायक तुलसी शिवाकोटि, लोकदोहोरि प्रतिष्ठान युरोपकि अध्धक्ष सुमि घिमिरे सापकोटा, नेपालि वेभ स्पेनका को-अर्डिनेटर भोला लामिछाने, NRNA ICC SPAIN सदस्य एकराज गिरि, NRNA SPAIN PRESIDENT मुक्त गुरुन्ग लगायत NRNA SPAIN पधादिकारिहरु क्रमश: सल्लाहाकार तथा समाजसेवि दावाऋषि श्रेष्ठ, प्रवक्ता सुवास रानाभाट,कोसाध्कक्ष पेशल कोइराला, सचिव रामक्रष्ण पुडासैनि र समाजसेवि जिवन भुषाल समेतको उपस्थितिमा बेजोड प्रस्तुतिका साथ कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको ।

– २९/०५/२०१६ NRNA MADRID को आयोजनामा हाम्रा लोकप्रिय कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तलि) ले सुरुवात गर्नु भएको गिरान्चौर एकिक्रित नमुना बस्ति निमार्ण परियोजनाका लागि DHURMUSH SUNTALI FOUNDATION अन्तर्गत ने.रु ३४००००/- सहयोग संकलन गरि बुझाएको ।

-१९/०६/२०१६ म्याड्रिड शहर स्थित बहुचर्चित रमणिय ताल पान्तानो दे शान खुवान ( pantano de san juan ) NRNA MADRID को आयोजनामा ड्राई पिक्निक तथा excursion कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको ।

 

एन आर एन स्पेनको आमन्त्रणमा बार्सिलोना आउनु भएको रहेछ किन के काम ले आउनु भएको हो ?एन आर एन स्पेन का प्रतिनिधिहरु सग कत्तिको नजिक हुनुहुन्छ ?  बार्सिलोनामा त जे कुरा मा पनि राजनीति अति हुन्छ भन्ने सुन्छौ के पाउनु भयो ?
-गत वर्ष देखि संचालन गरिएको Nepal promotional day लाई यस वर्ष पनि निरन्तरता दिंदै NRNA Spain को आयोजनामा नेपाल पर्यटन प्रवर्धनलाई अघि बढाउने सोच र  Nepal is safe to visit भन्ने slogan का साथ स्पेनको बार्सिलोना स्थित पर्यटकिय स्थल टिविडावु डाँडामा कार्यक्रम भएको हुँदा म म्याड्रिडवाट प्रतिनिधित्व गर्दै यस कार्यक्रममा भाग लिन NRNA spain को निमन्त्रनामा आएको हुँ ।
NRNA spain को प्रतिनिधिहरुसँग कत्तिको नजिक भन्ने भन्दा पनि धेरै जसो कामको विषयमा कुराकानी हुन्छ, अहिले सम्म सहकार्य गर्दै अघि बढिरहेको छौं र आशा छ आगामि दिनहरुमा पनि यसरिनै सम्पुर्ण स्पेनवासि नेपालीको हकहित र विकासका लागि एेक्यवद्धताका साथ सहकार्य कायम रहनेछ ।
मेरो विचारमा राजनिति नराम्रो विषय पक्कै पनि हैन, सबै पार्टिको सिद्धान्त एकदमै राम्रो छ तर राजनिति गर्ने तरिका मात्र फरक भएको, प्रवासमा बसेर राजनितिक माहोल मात्रै तताउने भन्दा सबैजना मिलेर अघि बढेको राम्रो हुन्छ र कुनै पनि संस्था वा संगठनको नेत्रित्व चुन्दा कुनै पार्टिको हितमा मात्रै सिमित नभइ सम्पुर्ण नेपालीको हितमा उभिन सक्ने नेत्रित्वको आवस्यक्ता छ ।

स्पेन बार्सिलोनामा रहेका नेपाली कन्सुलर लूइस लाई भेट्ने कार्यक्रम समेत रहेछ किन भेट्न लाग्नु भएको हो ?

म्याड्रिडमा नेपाली कन्सुलर नभएको कारणले गर्दा कुनै पनि आवश्यक र सामान्य किसिमको कागज पत्रको लागि बार्सिलाना स्थित नेपाली कन्सुलर सम्म धाउनु पर्ने कठिनाइ छ, म्यड्रिडवाट केहि कागज पत्र बनाउनका लागि लिएर आएको छु यसै सिलसिलामा कन्सुलर लुइस सँग भेट्न लागेको हुँ

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला