युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ

प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार ०४:०७

काठमाण्डौको सोल्टी दोबाटोमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाण्डौ र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डल्लु बस्ने रौतहटको लक्ष्मीपुरका मोहम्मद आलम र अर्का मुन्ना मोहम्मद रहेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता इश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धका कारण एसिड प्रहार भएको देखिएको पनि उहाँले बताउनुभयो । हिजो बेलुका युवतीमाथि एसिड प्रहार भएको थियो ।

ओलखढुंगा घर भएकी युवतीमाथि सोल्टी दोबाटोमा एसिड प्रहार भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।

(Visited 28 times, 1 visits today)

९ श्रावण २०७७, शुक्रबार ०४:०७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....