वालिङ नगरपालिकाको संशोधित बजेट १४ करोड

Loading...

 

प्रकाश डोटेल
स्याङ्जा, २१  पुस । वालिङ नगरपालिकाले २० औं नगर परिषद्ले संशोधित बजेट समाबेश गर्दै चालू आर्थिक वर्ष २०७३÷०७४ का लागी १३ करोड ७८ लाख ४४ हजार ७ सय ८१ रुपैया“ बजेट पारित गरेको छ ।

बजेट सार्वजानिक गर्दै नगरपालिकाका कार्यकारी अधिकृत रुद्रलाल भुषालले चालू आर्थिक वर्षको लागी संसोधित बजेटमा पु“जीगत तर्फ १ करोड ९८ लाख ९७ हजार ७ सय ४७ रुपैया“ विनियोजन गरेका छन् भने चालु तर्फ ७ करोड ७१ लाख १७ हजार १ सय ३४ रुपैया“ र सामाजिक सुरक्षा तर्फ ४ करोड ८ लाख ३० हजारको गरी कुल १३ करोड ७८ लाख ४४ हजार ७ सय ८१ रुपैया“को बजेट विनियोजन गरेका छन् ।

नगरपालिकाको नीति तथा कार्यक्रमहरुमा भौतिक पुर्वाधार अन्र्तगत नगरपालिकालाई स्मार्ट, क्लिन, ग्रिन, ब्राईट र रोज सिटीको रुपमा विकास गर्ने, बसपार्क निर्माणलगायतका योजना समाबेश गरेर अधिकृत भुषालले संशोधित बजेट सार्वजनिक गरेका हुन् ।

संशोधित बजेटमा कृषि तथा सहकारी, पर्यटन युवा तथा खेलकुद, महिला, बालबालिका, जेष्ठ नागरिक, विपन्न, दलित, आदीबासी जनजाति, अपाङग पिछडिएका वर्ग सम्बन्धी, सुचना सञ्चार क्षेत्रको विकास, सुसासन तथा संगठन, सामाजिक तथा टोलविकास, आर्थिक प्रशासन तथा राजश्व परिचालन नीति, वन, वातावरण, जनस्वस्थ्य तथा सरसफाईलगायतका कार्यक्रम समाबेश गरिएको छ ।

परिषदमा पुर्व मन्त्री तथा का“गे्रस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले देशलाई सही दिशातर्फ डोहो¥याउन आगामी चैत्र बैसाखभित्र स्थानीय निकायको निवार्चन अपरिहार्य रहेको बताए । संविधान जारी गर्दा जसरी प्रमुख दल एक ठाउ“मा उभिएका थिए त्यसरी नै अब कार्यान्वयनको लागी पनि प्रमुख राजनितिक दल एक हुनुको विकल्प नरहेको बताए ।

 

थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Loading...

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला