स्वास्थ्य कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि मनाङ जिल्ला अस्पताल सिल

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार ०५:०९

हिमाली जिल्ला मनाङमा स्वास्थ्य कार्यालयका एक जना कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि मनाङ जिल्ला अस्पताल सिल गरिएको छ । स्वास्थ्यका कर्मचारीमा कोरोना देखिएपछि अस्पतालबाट इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरी अस्पताल सिल गरिएको हो । अस्पतालका मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा. सन्तोष अधिकारीले मंगलबार सूचना जारी गरी स्वास्थ्य कार्यालय परिसरभित्र रहेको स्वास्थ्य कार्यालय मनाङका एक कर्मचारीमा पोखरास्थित ल्याबमा स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएकाले उनको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मको लागि अस्पताल सिल गरिएको उल्लेख गरेका छन् । अस्पतालबाट प्रदान हुने इमर्जेन्सी बाहेक सबै सेवा स्थगित गरेको सूचनामा उल्लेख गरिएको छ । कोरोना संक्रमण पुष्टि भएकामध्ये १ जना स्वास्थ्य कार्यालयका कर्मचारी र एकजना माथिल्लो मनाङका शिक्षक हुन् । कोरोना संक्रमण पुष्टि भएका कर्मचारी स्वास्थ्य कार्यालयमा आफै आइसोलेसनमा बसेको र शिक्षक स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेशनमा बस्नु भएको छ ।

(Visited 140 times, 1 visits today)

१० भाद्र २०७७, बुधबार ०५:०९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....