सुन्तलीले एकै सिजनमा एक लाख ८० हजार भन्दा बढीको तरकारी बेच्दै

ZEN Travels

कमल रावल

अछाम ७ जेठ   । सुन्तली शाहीले आफूले एक सिजनमा जिल्ला बाट गएको सरोकारवालाको एक टोलीले कमलबजार नगरपालीका वडा न ६ बिरपथ नौघाटे टोलमा लगाईएको तरकारी खेतीको अनुगमन गरेको छ । टोलीले जिल्ला कृषि विकास कार्यालय अछाम, रुडेक नेपाल र हेल्भेटास नेपालको साझेदारीमा संञ्चालीत कृषी समूहले गरेका क्रियाकलापको अनुगम गरेको हो । अनुगमनका क्रममा कृषकले तरकारी खेती बाट मनग्य आम्दानी गरिरहेका पाईएको छ ।

 

साविकको विरपथ गाविस वडा न ६ नौघाटे टोल निवासी सुन्तली शाहीले आफूले एक सिजनमा एक लाख ८० हजार भन्दा बढीको तरकारी बेच्ने गरेको अनुगमन टोलीलाई जानकारी दिनु भएको छ । आफ्नो घर वरिपरिको २५ रोपनी जग्गामा आलुखेती गरेको र यसै खेतीबाट आफ्नो घर खर्च चलायर एकलाख भन्दा बढी बर्षमा बचत गर्ने गरेको बताउनुु भयो । गत बर्ष देखी तरकारी खेती सुरु गरेको र अन्य खेती भन्दा तरकारी खेतीबाट राम्रै आम्दानी हुने गरेको शाहीले बताउनुभयो । आफूले बारीमा पर्याप्त मात्रामा तरकारी फलाएपनी बजारको समस्या हुदा कहा लीयर बेच्ने हो भन्ने चीन्ताले सताएको शाहीले गुनासो गर्नु भएको छ ।

 

उहाले तरकारीको उचित भण्डारणको लागी संकलन केन्द्रको व्यावस्था गरिदिन सम्बन्धीत निकायलाई अनुरोध गर्नु भएको छ । आफूले बजार बाट किनेको कुनैपनी बिषादी तरकारी खेतीमा प्रयोग नगरेको समेत जानकारी दिनुभयो । सोही ठाउ निवासी कलम बहादुर शाहीले पनी बर्षमा एकलाख ५० हजार भन्दा बढीको तरकारी बेच्ने गर्नु भएको छ ।

 

शाहीले २० रोपनी जग्गामा आलुखेती गर्नु भएको अनुगमन टोलीलाई जानकारी गराउनुभयो । अनुगमन पछि भएको औपचारीक कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय अछामका प्रमुख बिष्णुहरि सापकोटाले नौघाटेका कृषकले गरेका कामको प्रशंसागर्दै सबै कृषक यसरी नै व्यावसायी बने समाजको गरिबी हटेर जाने बताउनु भएको छ । प्रमुख सापकोटाले यस्ता कार्यको सबैले सिको गनुपर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा बोल्दै जिल्ला पशुसेवा कार्यालयका प्रमुख डक्टर बेदप्रकास भट्टले यस्ता मेहनती कृषकलाई सबैले हौसाल प्रदान गर्नुपर्ने भन्दै कृषकको क्षेत्रमा आउने अनुदानको रकम यस्ता बास्तविक कृषकले पाउनुपर्नेमा जोड दिनु भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला