पर्बत चुवाका शर्मा सहित ३ जना नेपालीको भारतको काश्मिरमा मृत्यु

स्विटजरल्याण्ड   । भारतीय सेनामा कार्यरत ३ नेपाली गोर्खा सैनिकको काश्मिरमा मृत्यु भएको छ । श्रीनगरस्थित रक्षा प्रवक्ता राजेश कालियालाई उद्धृत गर्दै दुई हवल्दार र एक राइफलम्यानको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।

18716394_1438325122897714_1425941803_n

मृत्यु हुनेमा पर्वतका राइफलम्यान रबिन शर्मा गुल्मी काराङतुङ गाउँ घर भएका हवल्दार डमरबहादुर पुन र कास्की घर भएका हवल्दार वर्षीय गिरिश गुरुङ रहेको जनाईएको छ । मृतक पुनको घरमा श्रीमती कल्पना पुन र २ जना बच्चा रहेका छन् । भारत र पाकिस्तानको सीमामा अपरेसनका क्रममा यी तीन नेपालीको मृत्यु भएको हो । ३८ बर्षिय पुन २१ बर्ष देखी भारतीय सेनामा कार्यरत थिए भने ४० बर्षिय गिरिश गुरुङले १९ वर्ष भारतीय सेनामा भर्ती भेका थिए ।

पर्वत जिल्लाको चुवा गाउँ घर भएका राइफलम्यान रविन शर्माको उमेर २३ वर्ष रहेको बताईएको छ । बिगत ५ बर्षदेखी भारतीय सेनामा रहेका शर्मा ३ महिना पहिले मात्र कास्की हेम्जाकी सावित्रा तिवारी संग बिहे गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला