पर्वत सेवा समाज इजरायलद्वारा शैक्षिक सामाग्री वितरण

ZEN Travels

पर्वत । मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल शाखा इजरायलले पर्वतको एक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
 
समाजले पर्वत माझफाट स्थित श्री समाज कल्याण आधारभूत बिधालयका १ सय ४ जना दलित,गरिब,असाय तथा अनाथ बिद्यार्थीहरुलाई कापी कलम झोला लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।
 
नवनिर्वाचित गाउँपालिका प्रमुखको सभापतित्वमा विद्यालयमा एक कार्यक्रम गरि शैक्षिक सामग्री वितरण गरिएको हो ।
 
पर्वत सेवा समाज नेपाल इजरायल शाखाले पर्वतमा मात्र नभएर आगामी दिन अन्य जिल्लामा पनि सहयोग गर्ने बताएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला